काठमाडौं/ महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा यतिबेला तिजको गित बजारमा आउने क्रम रहिरहेको छ । यस्तै महिलाहरुका लागि विशेष नाच्नका लागि भनेर गायिका मञ्जु सेढाई केसीले नयाँ तिजको गित बजारमा ल्याएकी छन् ।
माइतीको आँगनी जोर मादल मागनी झ्याउरेको तालैमा नाच्ने भइयो नि
दाजु र भाउजुले मायाले बोलोको मन राख्न भाउजुको नाँच्ने भइयो नि
यो तीजमा छमछमी नाच्ने भइयो नि
बारुली कम्मर भाँच्ने भइयो नि
माइती र चेलीको सम्बन्ध उजागर गर्ने हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा अभिनेत्री काली यो तीजमा छमछमी नाच्ने भइयो नि भन्दै सेढाइँ छमछमी नाचेकी हुन् । हालै युट्युबमा सार्वजनिक भएको तीज गीत यो तीजमा छमछमी बोलको गीतमा सेढाई नाचकेी हुन् ।
गायिका स्वेता उपे्रती र मन्जु सेढाइँ केसीको सुमधुर स्वरमा सजिएको यो तीजमा छमछमी को गीती भिडियो उत्कृष्ट रहेको छ गीतमा शंकर ज्वालाको शब्द, सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
राज महर्जन र रुपेन्द्र श्रेष्ठको निर्देशन रहेको भिडियोमा काली सेढाइँ लगायतको उत्कृष्ट अभिनय र नृत्य रहेको छ । बालमुकुन्द प्रजापतीको नृत्य निर्देशन रहेको भिडियोमा शैलेस श्रेष्ठ लुभुको छायाँकन, सम्पादन र रंग संयोजन रहेको छ भने कुसुम कर्माचार्यको श्रृङ्गार रहेको छ ।
गीत संगीतका पारखीहरुका लागि नविनतम कोसेली यस गीत तीजको लागि उपयुक्त रहेको छ । माइती प्रति चेलीको सम्मान र अथाह मायाका भाव गीतमा समेटिएको छ ।
गीत सार्वजनिक भएको छोटो समय मै सबैको साथले चर्चामा आउन सफल भएको छ । तीजको मर्मलाई समेटिएको उत्कृष्ठ लय, शब्द सैयोजन रहेको यो तीजमा छमछमी गीत समग्रमा उत्कृष्ट बनेको छ । तीजको व्रत बसी माइती जान पाउँदाको चेलीको खुशी गीतमा यजागर गरिएको छ ।
पटुकी कसेर ब्रत है बसेर, चोखो मनपेटले नाँच्ने भइयो नि
रातो है सारीमा चिटिक्क परेर, महादेव पुजेर नाँच्ने भइयो निगितको भिडियो हर्नका लागि यो लिक हेर्नुहोला
https://www.youtube.com/watch?v=y3a52kxqtGw