काभ्रे । काभ्रेको धुलिखेल स्थित वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम गरिएको युवा संघ नेपालले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा र युवा संघ नेपाल केन्द्रीय सदस्य मिलन लामाको विशेष आतिथ्यतामा आज धुलिखेल १ देबिटारमा वृक्षरोपण कार्यक्रम गरिएको बताइएको छ । वृक्षरोपणमा विभिन्न जातका बिरुवाहरू सारेर त्यसको संरक्षणको लागि आबस्यक काम समेत गरिएको जनाइएको छ । कार्यक्रममा नेकपा एमालेको विभिन्न तहका नेता कार्यकर्ता, भातृ संगठनहरुका नेता कार्यकर्ता, युवासंघ जिल्ला स्थितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

युवाको सक्रियतामा धुलिखेलमा वृक्षारोपण कार्यक्रम
Prev Post
Next Post
एक पटक पढ्नुहोस