ईश्वरी कार्की “वर्षा”
जन्मदा सँगै जन्मिएको थिएन
घृणा इर्ष्या
यति कोमल मुटुमा
कहाँबाट जन्मिन्छन्
यस्ता
बिकारहरू
जो अरुलाई भाड्ने
निहुँमा
स्वयं भाडिन्छन्
अरुलाई छल्ने बहानामा
आफैं दुख्छन्
अरुलाई जलाउने नाममा
आफैं जल्छन्
अरूको खुट्टा तान्दा
आफैं पछारिन्छन्
र
पनि
कहिले नचेत्ने
ज्याद्रो रहेछ
जात मान्छेको ।
