धुलिखेल/ खानीखोला गाउँपालिकाको फलामेटार स्थित स्थास्थ्य चौकीले एम्बुलेन्स पाएको छ । आज सोमबार काभ्रेको धुलिखेलमा फेन्दे फाउन्डेसनद्धारा गाउँपालिका स्थित फलामेटारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले काभ्रेको दुर्गम क्षेत्र खानीखोलालाई एम्बुलेन्स पाएकोमा अबका त्यस भेगका जनताले अकालमा ज्यान जानबाट केही राहत भएको बताए । काभ्रेको दुर्गम क्षेत्र रहेको यस खानीखोला गाउँपालिकाका जनताले पाएको यस सुविधालाई नेपाल सरकारको नियमअनुासर सञ्चालन गर्न उनले आग्रह गरे ।
उनले त्यस भेगका लागि स्वास्थ्य कार्यालय बाट गर्ने सहयोग भईरहेको र अझै भोलिका दिनमा त्यु क्षेत्रका लागि चाहिने सहयोगका लागि आफू गाउँपालिकाका सगँ समन्यव गरी अगाढि बढे बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिताङ) ले एम्बुलेन्स सहयोग गर्ने सस्थालाई धन्यावाद दिएका थिए । यस एम्बुलेन्सले खानीखोला गाउँपालिकाको वडा नं. १, २ र ६ कालागि सेवा प्रदान गर्ने बताए ।
उनले काभ्रेको दुर्गम क्षेत्र खानीखोलामा एम्बुलेन्स नभएर समस्या भोग्दै आएकोमा आज बाट यो समस्या टरेको बताउदै यस एम्बुलेन्सलाई बाकी के कसरी सञ्चालन गर्ने बारे गाउँपालिकाले जिम्मा लिने बताए । एम्बुलेन्स नभएकै कारण धेरै पटक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याएको सुनाउदै भोलिका दिनमा यस एम्बुलेन्स विशेष गरी सुत्केरी महिलाका लागि निःशुल्क सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष छिताङले जानकारी दिए ।
