After header

काभ्रे कांग्रेसले सिफारिस ग¥यो उम्मेदवार ( को को परे हेनुहोस् नामवली सहित )

काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । दुई क्षेत्र प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेका काभ्रेमा नेपाली काग्रेसबाट पनि धेरै उम्मेदवारहरुले सघीय र प्रदेशमा आकांक्षी रहेको देखिएको छ ।

शुक्रबार प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभामा उठ्ने उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गरेको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा सर्वसम्मत एक मात्रै उम्मेदवार सिफारिस भएका छन् ।

त्यस्तै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवार चयनको लागि हर्षजित लामा, इन्द्रमणि अधिकारी, रमेश प्रसाद हुमागाइ, ललिता किङरिङ मगर, मिरा नेपाली, गोबिन्द बहादुर थापा, आस्विन प्रसाद चौलागाईं, कान्छा लामा, उस्पर सुनार, बिष्णुमाया पुलामी, रशिला खनाल, बाबुराम गिरि, राम कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क मा प्रत्यक्ष तर्फ गुणराज मुक्तान, राम योन्जन,सिबि लामा र दिनेश भुर्तेल र रबिन गौतमको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेस सभा १ क अन्तर्गत समानुपातिक (महिला) तर्फ स्मिता लामा (जनजाति महिला), शान्ति लामा (जनजाति महिला), दुर्गामाया लामा (जनजाति महिला), लक्ष्मी कुमारी उप्रेती बर्तौला (महिला), सावित्री ठाडा थापा मगर (जनजाति महिला), पबित्रा लामा (जनजाति महिला), सुनिता तामाङ (जनजाति)को नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुष तर्फ शंखबुद्ध लामा (जनजाति), सलाम सिं. तामाङ (जनजाति), गुमान सिं. लामा तामाङ (जनजाति), बिलाम मुक्तान (जनजाति), बिकास योन्जन (जनजाति), बलराम सापकोटा (खसआर्य), मुक्ते लामा (जनजाति) को नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा ख को उम्मेदवार चयनको लागि प्रत्यक्ष तर्फबाट सार्किमान बल, गणेश लामा, तिर्थ बहादुर पसखल, रबिन्द्रनाथ सिग्देल, सन्जय लामा, ईश्वरी प्रसाद ओझा, सुमनराज पाण्डे को नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख) समानुपातिक तर्फबाट सन्तमान तामाङ, उद्धव प्रसाद कोईराला, जयन्ती हुमागाई, अन्जु रन्जित, सुदर्शन अधिकारी, मिना लामा, हरि बहादुर लामा बल, बिक्रम लामा, शंकरदास लामा, रोशन तामाङ, भोला थापा, सुरज तिमल्सिना, जगन्नाथ गिरी, रोशनराज पाण्डे, कल्पना सत्याल, राजेन्द्र प्रताप अर्याल, भरत प्रसाद बञ्जरा, शान्ता पाठक नराल, भोला प्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा २ का लागि पनि काभ्रे काग्रेसले शनिबार उम्मेदवारहरु सिफारिस गरेको छ । त्यस्तै गरि नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं.२ प्रत्यक्ष तर्फ शिव प्र. हुमागाई, मधु प्रसाद आचार्य, अच्युत प्रसाद पौडेल, रामजि पन्त मुकेश, ठाकुर प्रसाद न्यौपाने को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं.२ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, डा. राम थपलिया, लिला नेपाल, बेल ब लामा, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल ,सरस्वती वैद्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ,बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्ड्य प्रसाद रिजाल, प्रविण धिताल, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङ को नाम सिफारिस गरेको छ ।

प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न.२ (क) प्रत्यक्ष तर्फ सुन्दरमणि आचार्य, होम प्र चौलागाई को नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ हेम कुमार तामाङ, उमेश बानियाँ, जित कृष्ण घिनाञ्जु श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, मन्जु शाह ठकुरी, माईली दनुवार, दिल बहादुर तामाङ, सिताराम परियार, सुनिता तामाङ, प्रकाश तामाङ, तस्बिर लामा, लिला नेपाल, प्रल्हाद थापा, किरण श्रेष्ठ, शान्ता क्षेत्री, नारायण प्रसाद न्यौपाने, जानुका नेपाल, नवराज सुवेदी, लक्ष्मी दनुवार, नारायण सापकोटा, राजन कार्की, खीलप्रसाद तिमल्सिनाको नाम उम्मेदवार चयनको लागि सिफारिस गरेको छ ।

प्रदेश सभा सदस्य उम्मेदवार चयनको लागि क्षेत्र न. २ (ख) प्रत्यक्ष तर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधव प्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धव प्रसाद नेपाल, ईश्वरी बादेको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ कृष्णबुद्ध बजगाई, चन्द्र ढकाल, केशव प्रसाद तिमल्सिना प्रेम बहादुर तिमल्सिना, रामेश्वर ढकाल, देवि प्रसाद डोटेल, सुमन थापा, रामहरि श्रेष्ठ, राम कुमार मुल्मि योगेन्द्रनाथ कर्माचार्य, रोशन लामा, कमल तामाङ, प्रकाश चन्द्र जोशी, सुरकृष्ण वैद्य, मन्जु घिमिरे आचार्य, कल्पना ढकाल, निर्मला श्रेष्ठ, गोमा गोले को नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाले शनिबार जिल्ला कार्य समितिमा सबै उम्मेदवारहरुको नाम आईपुगेको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए । यसलाई जिल्लाले प्रदेश र प्रतिनिधि सभा बाट आएको नाम प्रदेश कार्यसमितिमा पठाउने उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस