After header

हिस्टुन काभ्रेले आन्दोलन चर्काउने 

काभ्रे/माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले करार र अस्थायी रहेका शिक्षकहरुको पक्षमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।आज काभ्रे जिल्लाको बनेपामा आफ्नो जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनको अवसरमा हिस्टुनले विगत र बर्तमान र भविष्यको बारेमा समेत खाका बनाउँदै केन्द्रको निर्णयलाई सघाउन शिक्षकहरुको पक्षमा ज्ञापनपत्र बुझाउनेदेखि आन्दोलन चर्काउने सम्मको कार्यक्रम तय भएको अध्यक्ष सर्बाेत्तम गिरीले बताए । आजै काभ्रेको नवर्निर्वाचित जिल्ला समन्वय समितिको बैठक बसि यस्तो निर्णय गरिएको बताए । हिस्टुनको नयाँ कार्यसमितिमा अध्यक्ष गिरीको अध्यक्षतामा १२ जनाको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । जसमा महिला उपाध्यक्ष देविका हुमागाँई,उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा,सचिव श्रीराम अधिकारी,सहसचिव रामशरण बञ्जरा,कोषध्यक्ष निराजन कारन्जित,महिला सदस्य कल्पना ढकाल,इन्दिरा हुमागाँई खुला सदस्यहरु राममणि सापकोटा,दिनेश नेपाल, रामशरण पराजुली र विनोद ढकाल रहेका छन् । यस्तै कार्यक्रममा हिस्टुनका पुर्व सचिव कृष्ण प्रसाद सापकोटाले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा प्रमूख अतिथि हिस्टुनका केन्द्रिय अध्यक्ष दिपक सुवेदी, केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद अधिकारी, केन्द्रिय सदस्य प्रभुराम कणेल, शिक्षा विकास तथा समन्वय ईकाइ काभ्रेका शाखा अधिकृत विन्दा भुर्तेल, नेपाल शिक्षक संघका सचिव शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संंगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा लगायत उपस्थिती थिए । उनीहरुले मावि शिक्षक हरुको लागि भैरहेको ज्यादती र दमनको विरुद्व चरणबद्ध केन्द्रको आन्दोलन गर्ने निर्णयलाई साथ दिने बताए । नेपाल सरुकारले कक्षा ११ , १२ का अस्थायी शिक्षक राखेर कम ज्यालादर मा धेरै काम लगाउने अस्थायी शिक्षकहरुलाई स्थायी गराउनुपर्ने संघीय कानुन निर्माण गरी सेवारत शिक्षकहरुलाई उचित व्यवस्थापन गरि स्थायी गर्नुपर्ने लगायतको माग रहेको बताइएको छ । हिस्टुन काभ्रे २०७३ मा गठन गरिएको थियो । यस युनियन नेपाल सरकार श्रम विभागमा ट्रेड युनियनको रुपमा ५३३ दर्ता नंमा दर्ता गरि शिक्षकहरुको हक हितको पक्षमा आन्दोलन गर्दै आएको छ । हिस्टुन काभ्रेले हालै मात्र काभ्रे जिल्लाको १३ वटै पालिकाहरुमा कार्यरत सयौँ अस्थायी शिक्षकहरुहरुको समितिहरु बनाएको छ । हिस्टुनको रेकर्ड अनुसार काभ्रे जिल्लामा १२३ जना दरबन्दी र अनुदान दरबन्दीमा (साधारण) र २४ जना प्राविधिक दरबन्दीमा गरी जम्मा १४७ जना साविक उमावि मा कार्यरत शिक्षकहरु रहेको बताइएको छ । रकर्ड अनुसार यस बाहेक धेरै संख्यामा आंशिक शिक्षकका रुपमा प्राध्यापनरत रहेको बताइन्छ । हिस्टुन केन्द्रको स्थापना २०६१मा एक शिक्षिका सुत्केरी हुँदा जागिरबाट हटाएपछि उनीहरुको हकहितको लागि भन्दै यस युनियनको विधिवत रुपमा स्थापना गरि देशैभर संघर्षरत शिक्षकहरुको पक्षमा आवाज बुलन्द गर्दै आएको बताइएको छ ।

एक पटक पढ्नुहोस