After header

धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई आँखा अस्पताल बिच सम्झौता

धुलिखेल/ काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई एईको मासुनागा आँखा अस्पताल मोतियाबिन्दु रोगको निःशुल्क उपचार गर्ने सम्झौता गरिएको छ । वडा अध्यक्ष विनोद गौतमका अनुसार मोतियाबिन्दु रोगको निःशुल्क उपचारका लागि स्वास्थ बिमा भित्र नपर्ने सेवा सुबिधा र स्वास्थ बिमा नगर्नु भएका नगरिकको हकमा सिफारिस अनुसार निशुल्क सेवा दिने सम्बन्धमा दुई पक्षबिच धुलिखेल नगरपालिका मै पहिलो सम्झौता वडा नं. ८ ले गरेको बताए ।

आज नै यस कार्यका लागि अस्पतालका निर्देशक हिरामणी शर्मा र वडाले दुई बिच सम्झौता गरिएको उनले जानकारी दिए । वडाबासीका लागि अर्का कुरा आँखाका बिरामीको लागि अस्पताल सम्म पु¥याउने र ल्याउने कार्यमा नगरपालिको समन्वयमा सवारी साधनको समेत सेवा वडा कार्यालयले निःशुल्क प्रदान गर्ने वडा अध्यक्ष गौतमले जानकारी दिए ।

यस सम्झौता गर्ने र वडा बासीको हितका लागि सधैव सहयोग गर्ने अस्पतालका निर्देशक शर्मा र यस कार्यका लागि धुलिखेल नगरका स्थास्थ्य शाखा प्रमुख सन्दीप केसीले वडाका लागि खेल्लेको भुमिका प्रति आफू र यस वडाका वडाबासी सबै आभारी रहेको बताए ।

यस वडाका जनताले निःशुल्क आँखा उपचार पाउनु भएको छ यस वडाको पहिलो प्राथमिकता भनेको नै स्वास्थ्य शिक्षा रहेकोले भोलिका दिनमा पनि यसका लासिग निरन्तर दिने गौतमले जानकारी दिए ।सम्झौता अनुसार आजकै मिति बाटै वडा कार्यालय वा आँखा अस्पतालमा सम्पर्क गरि आफ्नो आँखाको समस्या समाधान गर्न समेत अध्यक्ष गौतमले वाडाबासीलाई आग्रह गरेका छन् ।

एक पटक पढ्नुहोस