After header

कैलालीमा अबिरल बर्षाका कारण सयौं घर डुबानमा

धनगढी/  कैलालीमा शुक्रबार राती परेको अबिरल बर्षाका कारण सयौं घर डुबानमा परेका छन ।जिल्लाको भजनी नगरपालिका –८ स्थित पथरिया नदीको पानीको सतह बढ्न गई दैलेखी टोल,भरतान टोल,जनकपुर टोल र छछरहवा टोलका १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी सोही पालिकाको वडा नम्बर–५ स्थित कान्द्रा नदिको पानीको सतह बढन गई मिलनपुर टोल,लालबोझी र पुलियापुर टोलका २५० घरधुरीमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

सोही वडाका कुटी गाँउ,वडा न–७को शिबिर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका अन्दाजी २५० घरधुरीमा पानी पसेको प्रहरीले जनाएको छ । हाल सम्म मानवीय,चौपाया क्षति नभएको र कोही विस्थापित नभएको जनाएइको छ । नदीको सतह बढ्दै गइरेकोले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

एक पटक पढ्नुहोस