बनेपा/ नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको हिजो शुक्रबार भएको निर्वाचनबाट बाट रघुनाथ हुमागाईको टिम नै विजय भएको छ । २०५१ सालदेखि नेपाल रेडक्रसमा निरन्तर रहिरहेका हुमागाईले एमालेका उम्मेदवार भएर अध्यक्षमा उठेका विदुर घिमिरेलाई १४ मत अन्तरले हुमागाई विजय भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा हुमागईंले ७४ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्धन्दी विदुर प्रसाद घिमिरेलाई ६० मत प्राप्त गरेका थिए । हुमागाईले यस अघिको शाखा समितिमा उप सभापति पद सम्हाली सकेका छन् ।
शाखा उपसभापतिमा दवेन्द्रप्रसाद भैलले ८५ मत प्राप्त गरि विजयी भएका छन् । सो पदका उपविजेता बाबुकाजी पराजुलीले ४३ र माधव प्रसाद हुमागईंले ७ मत प्राप्त गरेका थिए । महिला उपसभापतिमा पुण्यमती घलेले ७९ मत प्राप्त गरि विजयी भएकी छिन् भने सो पदको उपविजेता गिता कुवँर क्षेत्रीले ५० मत प्राप्त गरेकी थिइन् ।

मन्त्रीमा हेमलाल तामाङले ७९ मत प्राप्त गरि विजयी भएका छन् भने उप विजेता शिवराम आचार्यले ५४ मत प्राप्त गरेका थिए । उपमन्त्रीमा राजु सिग्देलले ९१ मत प्राप्त गरि विजयी भएका छन् भने उप विजेता रामगोपाल कर्माचार्यले ४० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रेमकुमार तामाङले ७६ मत प्राप्त गरि विजयी भएका छन् भने उनको उपविजेता रामप्रसाद कोइरालाले ५१ मत प्राप्त गरे । त्यस्तै उपकोषाध्यक्षमा निलम श्रेष्ठले ८१ मत प्राप्त गरि विजयी भएका छन् भने उनको उपविजेता ईश्ववरराज जंगमले ४४ मत प्राप्त गरेका थिए ।
सदस्यरुमा महिला सदस्यहरु पार्वती थापा, सुभद्रादेवी गुरागाईं, गीता तिमल्सिना, अन्य सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, देविप्रसाद नेपाल, नवराज दुलाल, ज्ञानबहादुर तामाङ, पुस्कर प्रसाद तिमल्सिना, कृपेन्द्र श्रेष्ठ र भोटु हुमागाईं निर्वाचित भएका छन् ।अध्यक्ष पदमा विजयी हुमागाई जिल्लामा सय पटक बढि रक्तदान गर्ने रक्तदाता समेत हुन । उनले १ सय १ पटक रक्त दान गरिसकेका छन ।
