ःसुरेन्द्र ताम्राकार
धनगढी । अछाममा शुक्रबार राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परि २१ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका २१ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछाम कमलबजार नगरपालिका–६ ठाँटिखाद की ३० वर्षीया अमृता कामी,१७ वर्षीया सरिता कामी,२१ वर्षीया अरधना कामी,९ वर्षीय निखिल कामी,३६ वर्षीय मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया शिरु कामी रहेका छन् ।
त्यस्तै कमलबजार नगरपालिका–८ का २६ वर्षीय गम्भिर दमाई, २३ वर्षीया भाना दमाई,६ वर्षीया डिक्रा दमाई, ३ वर्षीया कलु दमाई र ४ की कल्पना दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले बताए ।
त्यसैगरी मृत्यु हुनेमा तुर्माखाद गाउँपालिका–५ कि १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही,४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीया मनिषा शाही,२१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही,१ वर्षीया मेलिना शाही,३ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही र ढकारी गाउँपालिका–६ सिमाने का २ वर्षीय नवीन बुढा रहेको प्रहरीले जनाएको छ ।
एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा ढकारी गाउँपालिका–१ का ४५ वर्षीय मोती बुढा जैशी रहेको र खोजी कार्य जारी रहेको जनाइएको छ ।
त्यसैगरी पहिरोमा परि ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये ५ जिल्ला अस्पालमा उपचारपछि डिस्चार्ज भएको र ३ जना जिल्ला अस्पतालमै उपचाररत रहेको तथा अवस्था सामान्य रहेको जनाइएको छ । ३ जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको बताइएको छ । सुर्खेतमा उपचाररत २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
