After header

पत्रकार सम्मेलन गरि मागे कार्यपालिका सदस्यको राजिनामा साम्पाङले

काठमाडौं / करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेको बारे सुनसरी धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन समेत सुझाव दिएका छन् ।

१३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन । उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेका थिए ।

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी माग्दिन भनेपछि कार्यपालिका बैठक बस्न नसकेको छैन ।

कार्यपालिका बैठक बस्न नसक्नुमा धरान विकास विरोधी वडाध्यक्षहरु भएको भन्दै बारम्बार सामाजिक सञ्जालमा लेखेका साम्पाङले आज पत्रकार सम्मेलन गरी आफूले भनेको नमान्ने भए राजनीमा दिए हुन्छ भन्ने तर्क गरेका हुन् ।उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताएका हुन् ।

एक पटक पढ्नुहोस