काभ्रे ।
नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य ,गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती महेश खरेल लाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरेको छ । नेका एक जिल्ला सदस्यका अनुसार केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको हो । त्यस्तै कम मत आएको ठाउमा सम्बन्धित पालिका कमिटिले स्पष्टीकरण सोध्न सक्ने निर्णय गरेको हो । त्यस्तै प्रदेश सभामा बिजय भएका कन्चनचन्द्र बादे र प्रतिनिधि सभाका उम्मेदवार बिचको मत कम हुनुको कारण बारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।
