काभ्रे । नेपाली कांग्रेस काभ्रेले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेस जिल्ला कार्यसमिति को बैठकले नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती पाँचखाल नगरपालिका मेयर महेश खरेल लाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको लागि सिफारिस गरेको छ । आज बसेको जिल्ला कार्यसमिति काभ्रेको बैठकले उनिहरु ३ जनालाई संघ र प्रदेश निर्वाचनमा अन्तघात गरेको भन्दै कार्बहिको लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए । सम्पन्न निर्वाचनमा पार्टीको उम्मेदवार हराउनको लागि भुमिका खेलेको बन्दै कार्बहिको लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको लामाले बताए । त्यस्तै जिल्ला कार्यसमितिको बैठकले कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्न सक्ने निर्णय गरेको लामाले बताए ।
बैठकले निर्वाचनमा बनेपा नगपालिका बाट सन्तोषजनक मत नआएको भन्दै नेपाली कांग्रेस बनेपा नगर समितिका सभापती महेश कर्माचार्य र निर्वाचीत प्रदेश सांसद कञ्चन चन्द्र बादे लाई स्पष्ट पार्न आग्रह गरिएको छ । प्रतिनिधि सभा २ मा नेपाली काङ्ग्रेसको उम्मेदवार शिव प्रसाद हुमगाइ एमाले उम्मेदवार गोकुल बास्कोटा सङ पराजित भएका थिए ।
जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा बिजयी उम्मेदवार कन्चनचन्द्र बादे र प्रतिनिधि सभाका उम्मेदवार शिव हुमागाईं बिचको मत अन्तर कम हुनुको कारण बारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको जिल्ला सभापती लामाले बताए ।
