काठमाडौँ- राष्ट्रिय प्रतिभा पुरस्कारबाट अन्तर्राष्ट्रिय निर्णायक दिपेन्द्र ढकाल सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले उनीसहित १८ जना विभिन्न ब्यतित्वहरुलाइ सम्मान गरेको थियो ।
शुक्रबार युबा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खेलकुद प्रतिभा यबम खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा सम्पुर्ण नेपालि खेल जगत मध्येको निर्णायक बिधामा ढकालाइ मन्त्री परिषदको निर्णय द्वारा नेपाल र नेपालिको गौरव बढाउन खेलकुदको माध्यम बाट पुर्याएको योगदानको उच्च कदर गर्दै उत्कृष्ट निर्णायक को रुपमा छनौट गरि नगद रु एक लाख सहित रास्ट्रीय खेलकुद प्रतिभा सम्मान 2080 द्वारा सम्मान गरिएको थियो ।
सिंहदरबार स्थित खेलकुद मन्त्रालयको सभाहलमा मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री श्री डिग बहादुर लिम्बुज्यूको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव श्री सूर्य प्रसाद गौतमज्यूको अध्यक्षता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री टंकलाल घिसिङज्यू, मन्त्रालयका सहसचिव श्री इम नारायण श्रेष्ठज्यू, श्री कुमार प्रसाद दहालज्यू, छनोट समितिका पदाधिकारीज्यूहरु, सम्मानीत खेलकुद प्रतिभा तथा खेल पत्रकारहरु र मन्त्रालयका कर्मचारीहरु सहितको सहभागितामा राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । चीनको बुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकुद ओलम्पिक प्रतियोगिता मा समेत रेफ्री भएका ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए। चीनकै उसी सहरबाट २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन्। स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्। काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)लगाएत जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपन अस्ट्रीया ओपन, फान्स ओपन, बेल्जियन ओपन,स्पेनिस ओपन,माउन्ट एभरेस्ट जस्ता विश्व वरीयता खेलकुद जी टु प्रतियोगितामा पनि उनले रेफ्री भएर काम गरिसकेका छन्।
ढकालले हालै उज्बेकिस्तानको टान्स्केट सहरमा सम्पन्न भएको २०२४ पेरिस सम्पन्न हुने ओलम्पिकको लागि अन्तराष्ट्रिय रेफ्री छनोट तालिममा समेत सहभागिता जनाएका थिए। चीनको बुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स) मा समेत रेफ्री भएका ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए। चीनकै उसी सहरबाट २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन्।
स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्। काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)लगाएत जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपन अस्ट्रीया ओपन, फान्स ओपन, बेल्जियन ओपन,स्पेनिस ओपन,माउन्ट एभरेस्ट जस्ता विश्व वरीयता खेलकुद जी टु प्रतियोगितामा पनि उनले रेफ्री भएर काम गरिसकेका छन्।
तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेस्ट निर्णायक घोषित भएका छन्। उनी गत वर्ष चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटु तेक्वान्दो च्याम्पियनसिप’मा पनि वेस्ट रेफ्री बन्न सफल भएका थिए। विश्वका ७९ देशका एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए।
