After header

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालले खेल्दै

काठमाडांै । आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ । ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८ः४५ बजे कुवेतसँग खेल्नेछ ।एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइँदै छ । यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ। यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर–६ मा पुग्नेछ। सुपर–६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।

यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर–६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ।शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ। भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ

नेपालका खेल

नेपाल भर्सेस कुवेत ः असार २२, बुधबार, राति ८ः४५ बजे

नेपाल भर्सेस जापान ः असार २४, शुक्रबार, दिउँस ४ः१४ बजे

नेपाली टोली ः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।

एक पटक पढ्नुहोस