काभ्रे । स्वास्थयको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूलनारा सहित काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा राष्ट्रिय खुल्ला सोतोकान कराँते प्रतियोगिता २०८२ हुने भएको छ ।नेपाल सोतोकान कँराते डो एसोसिएसन काभ्रेले आयोजना यहि जेठको ३० र ३१ गते पाँचखालमा हुने भन्दै आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगितामा झण्डै ३ सय खेलाडीले विभिन्न २६ विधामा प्रतिस्पर्धा गर्ने नेपाल सोतोकान कँराते डो एसोसिएसन काभ्रेका सचिव राममणी काफ्लेले जानकारी दिए । २४ स्वर्ण, २४ रजत र ४८ वटा कास्य गरी जम्मा ९६ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष अफिसियल तौल समूह तर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० प्लस फ्रि तथा महिला अफिसियल तौल समूह तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ प्लस फ्रि मा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी पुरुष एकल काता १ सिनियर, महिला एकल काता १ सिनियर, पुरुष एकल काता १ जुनियर र महिला एकल काता १ जुनियरमा प्रतिस्पर्धा हुने आयोजकको भनाई थियो ।प्रतियोगितामा कम्तीमा १४ वटा जिल्लाका खेलाडी सहभागि हुने दावी गरेका छन् । प्रतियोगितामा प्रथम हुने जिल्लाले १० हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुने जिल्लाले ५ हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सोतोकान कँराते डो एसोसिएसनका कन्ट्रि डाइरेक्टर एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङले प्रतियोगिता मार्फत जिल्ला हुँदै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।नेपाल सोतोकान कँराते डो एसोसिएसनका केन्द्रीय सदस्य राजु दनुवारले पछिल्लो समय बालबालिकामा उर्किदै गएको मोबाईल गेमिङको लतलाई हटाउन समेत यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक गणेश बहादुर दनुवार, भुम्लु गाउँपालिकाका प्रशिक्षक सम्मान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दुईदिन सम्म चल्ने उक्त प्रतियोगितामा करीब १४ लाख खर्चहुने आयोजकले जनाएको छन् ।