काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषण गरिएको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न एक् कार्यक्रमको बिच पालिकालाई औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित“ घोषणा गरिएको थियो । “खोपको उपयोग, स्वामित्व र सहभागिता — हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालित कार्यक्रममार्फत समुदायमा खोपप्रति सचेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य पहुँच अझ सुदृढ हुनुपर्ने जनाईएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष थिङले “खोप कार्यक्रममा स्थानीय तहको नेतृत्व, समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले आज हामी पूर्ण खोप सुनिश्चित बन्न सफल भएका हौं ।
यस पािलकालाई पूर्ण खोप सुनिश्चित घोषण खटिनुहुने सबै जनप्रतिनिधि एवं विशेष गरी स्वास्थ्य स्वयंसेवीकाहरुको ठुलो हात रहेको भन्दै सबैजनालाई पालिकाको तर्फबाट भन्यावाद दिएका थिए । उनले खोप पहुँचबाट वञ्चित कोही पनि नागरिक नरहोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम पुकार यादवका अनुसार खानीखोला गाउँपालिकामा लक्ष्य समूहका सबै बालबालिकाहरूलाई निर्धारित तालिका अनुसार खोप उपलब्ध गराइएको बताएका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवनराज अर्याल , लेखा प्रमुख प्रकाश कोइराला , चार नम्बर वडा अध्यक्ष निशान मोक्तान ,सातवटै वडाका अध्यक्षहरू, वडागत स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।