काभ्रे । काभ्रेपलाचोक जिल्ला प्रशासनमा कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, नागरिकता प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका छन् ।
गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सेवा शुभारम्भ सँगै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेद अन्त्य हुने उनले बताए । जो अगाडी आउँछ उसले पहिले सेवा लिने, पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा डिजिटल टोकन प्रणाली महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताएका छन् ।
नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।