काभ्रे । “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ हुन लागेको पालिकाले जनाएको छ । यही २०८१ फागुन ७ गतेदेखि १० गतेसम्म तेमाल गा.पा. वडा नं. ५ स्थित पोखरी नारायणस्थान खेल मैदानमा हुने गाउँपालिकाले जनाएको छ ।
खेलमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको खेलाडी सहितको समूह तथा क्लब ÷ टिमलाई भाग लिन आव्हान गरेको छ । शिक्षा शाखा सहायक भिमलाल तामाङका अनुसार आवश्यक कागजातका साथ २०८१ माघ ३० गतेभित्र तोकिएको दस्तुर तिरी गाउँपालिकामा आफ्नो क्लब, समूह, टिम दर्ता गर्नुपर्ने बताए ।
उनले टिम दर्ताका लागि आवश्यक कागजातहरू टिमको क्याप्टेन, प्रशिक्षक, व्यवस्थापक सहितको १२ जना खेलाडीको नामावली, सहभागी खेलाडीको नागरिकता पहिचान खुल्ने परिचयपत्र, खेलाडीको स्वःघोषणा पत्र, टिम दर्ताको आवेदन फारम (पालिकाको वेसाईटमा डाउलोड) गर्न सकिने) र तेमाल गा.पा.को नाममा सिटिजन बैंकमा रहेको तेमाल गा.पा. आन्तरिक राजस्व खाता नं. ०७१०१०००००००१२०२ मा टिम दर्ता शुल्क बापत रु. ५००० जम्मा गरेको भौचरको प्रतिलिपी चाहिने उनले बताए ।
प्रथम हुने टिमलाई नगद रु.१,२५,०००÷– (एक लाख पच्चीस हजार), कप शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु.७५,००० (पचहतर हजार) कप शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद रु.५०,००० (पचास हजार), कप शिल्ड, मेडल र प्रमाणपत्र र चौथो हुने टिमलाई नगद रु. २५,००० (पच्चीस हजार), मेडल र प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ ।