काभ्रे । काभ्रेको पनौतीमा रहेको मानेश्वरी ब्वाइज क्लव र मानेश्वरी महिला समूहको आयोजना, पनौती नेपाल र विश्राम समाज पनौतीको सहआयोजनामा फाल्गुन ३ गतेबाट खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पनौती क्षेत्रका चर्चित फुटबल खेलाडी, मानेश्वरी ब्वाज क्लबका निवर्तमान अध्यक्ष स्व. लक्ष्मी नारायण खिबञ्जार (लक्ष्य) को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।
मानेश्वरी ब्वाइज क्लवका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार पनौती क्षेत्रमा फुटबल खेलमा ख्याती कमाएका लक्ष्मीनारायणको २०८० फाल्गुन ६ गते निधन भएको थियो । मानेश्वरी व्वाइज क्लवको तत्कालिन अध्यक्ष रहेका लक्ष्मीनारायण काभ्रे जिल्ला फुटबल संघको २ कार्यकाल सचिव भएर काम गरेका थिए ।

विभिन्न तहका प्रतियोगितामा खेलेका उनलाई नयाँ खेलाडी उत्पादन तथा प्रवद्र्धन गरेको भन्दै जिल्ला खेलकुद महोत्सव २०८० मा सम्मानित गरिएको थियो । फुटबल खेल र खेल प्रवद्र्धनमा योगदान दिएको भन्दै पनौती नगरपालिकाले पनि उनलाई सम्मान गरेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्वं निवर्तमान अध्यक्ष लक्ष्मीनारायण खिंबञ्जारले विशेष गरी उहाँले पनौतीको खेलकुद त्यसमा पनि फुटबल क्षेत्रमा जुन योगदान पु¥याउनु भयो त्यो योगदान अविस्मरणीय भन्दै उहाँको सम्झानामा लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता २०८१ प्रतियोगिता गर्न लागेको उनले बताए । मानिस जन्मिन्छ र आफ्नो जीवनकाल यापन गर्दछ ।
जीवनचक्रको यो लडाईमा थोरै मानिसले मात्र आफ्नो नाम अमर राख्न सक्छ हो त्यो भित्र उहाँ विशेषगरी खेलकुदमा जुन छाप छोडेर आजहामी माझ हुनुहुन्न त्यसैले उहाँको सम्झानामा यस क्लबले उहाँको नामबाट खुल्ला फुटबल प्रतियोतिा राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पनौती क्षेत्रीय रंगशालामा हुने प्रतियोगितामा नेपालका ए र बि डिभिजनक क्लव, विभागीय टिमका साथै छिमेकी जिल्लाका क्लवहरु समेत करिब १५ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनले खेल आयोजना गनुको उदेश्यदीर्घकालिन उदेश्यबाट स्वस्थ, समृद्ध र सुसंस्कृतक काभ्रे र नगर निर्माणमा योगदान गदै नगर र जिल्लालाई खेल पर्यटन स्थलको रुपमा विकास गर्नु पनि रहेको उनले बताए । यस प्रतियोगितामा करीब १८ लाख खर्च हुने समेत उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ र दोस्रो हुने टिमले १ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिता अवधीभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, गोलरक्षक, प्रतिरक्षक, खेल अवधीभरको उत्कृष्ट खेलाडीका साथै अनुशासित क्लवले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पनौतीमा विभिन्न समयमा विविध विधामा फुटबल प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको क्लवले सामाजिक कृयाकलापहरु समेत गर्दै आएको छ । शुक्रवार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, पनौती वडा नं ७ का अध्यक्ष सविन ताम्राकार, पनौती समाजका अध्यक्ष निवास श्रेष्ठ लगायतले खेलकुद क्षेत्रमा लक्ष्मीनारायणको योगदानको चर्चा गर्दै उनको स्मृतीमा गरिएको प्रतियोगिता सफलताको कामना गरे ।
