जनकपुरधाम । विना दर्ता सञ्चालनमा आएको र उपचारमा लापरवाही गरेको भन्दै मुख्यमन्त्रीले अस्पताल बन्द गर्न आदेश दिएका छन् । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका हुन् । शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।
गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन् ।राति पुन ११ बजे पुगेर मुख्यमन्त्री सिंहले दर्ताका कागजातहरू देखाउन भनेका थिए । बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको र विना दर्ता अस्पताल सञ्चालन गरेको भन्दै मुख्यमन्त्री सिंह आज ११ बजे भित्रमा बिरामीको अन्त उपचार गर्ने व्यवस्था मिलाई अस्पतालको साचो बुझाउन उनले हिजो शुक्रबार राति निर्देशन दिएका हुन् ।
दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन उनले निर्देशन दिएका हुन्। । मुख्यमन्त्री सिंहले शल्यक्रिया पश्चात् गम्भीर अवस्थामा पुगेका बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।