After header

महासंघको निर्णयमा प्रेस चौतारी काभ्रेको विरोध

काभ्रे । सदस्यता शुद्धीकरण गर्ने अभियानमा देशैभर चलिरहेको अभियानमा काभ्रे पत्रकार महासंघ शाखाले पनि केही निर्णय गरेर प्रदेश र केन्द्रलाई पठाए पछि प्रेस चौतारी काभ्रेले विरोध जनाएको छ । अध्यक्ष भुवन रायमाझी ले हस्ताक्षर गरेको विरोध विज्ञप्ति जस्ताको त्यस्तै तल पढ्न सक्नु हुनेछ।

प्रेस चौतारी नेपाल

जिल्ला शाखा, काभ्रे

प. सं: च. नं.:

मिति:

२०८० असार १० गते

प्रेस चौतारी नेपाल जिल्ला शाखा कारो

श्रीमान अध्यक्ष ज्यू

नेपाल पत्रकार महासंघ प्रदेश समिति, बागमती प्रदेश

विषय: ध्यानाकर्षण / दावी विरोध ।

महोदय,

उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको सदस्यता शुद्धिकरण सम्बन्धी निर्देशिका २०८० अर्न्तगत उल्लेखित मापदण्ड विपरित नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको बैठकले केही व्यक्ति विशेषलाई केन्द्र बनाएर आफु खुशी सदस्यता नविकरण गर्ने तथा फरक विचार राख्नेको नविकरण रोक्ने, केही सदस्यहरूको हकमा विधान भन्दा बाहिर गएर प्रदेश र केन्द्रमा पठाउने जस्ता विषय उल्लेख गरी पत्रकार महासंघको विधान र निर्देशिका विपरित निर्णय गरिएको जानकारीमा आएकाले उक्त निर्णयले विगत तीन दशकदेखि पत्रकारिता गर्दै आउनु भएका नेपाल पत्रकार महासंघका २ कार्यकालका पूर्व सभापति तथा क्रियाशिल पत्रकारहरू समेतको नियोजित रुपमा नविकरण नगरेकाले प्रदेश र केन्द्रिय समितिलाई जिल्ला शाखाको उक्त निर्णय पूर्नविचारका लागि ध्यानाकर्षण गराँउदछौं ।

२०७७ मा सम्पन्न शाखा निर्वाचनमा अन्यत्र शाखामा सदस्य भएका व्यक्तिको स्थानान्तरणको निर्णय विना नै सदस्यता नविकरण गरेको प्रति पनि ध्यानाकर्षण गराउदै क्रियाशिल सदस्यहरूको नविकरण गर्न र क्रियाशिल नभएका सदस्यहरूको हकमा नविकरण रोक्न साथै सदस्य नै नभएको व्यक्तिको सदस्यता नविकरण गर्ने जस्तो गम्भिर त्रुटीपूर्ण निर्णय सच्याउन अनुरोध गर्दछौं । जिल्ला शाखा अर्न्तगत सदस्य भएका व्यक्तिहरूको पूर्ण विवरण यसमा संलग्न रहेको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखा महासंघको उक्त निर्णयमा पुर्नविचार नभए चरणवद्ध आन्दोलनको घोषणा गर्ने जानकारी गराउँदछौं । यसबाट पर्नजाने असुविधा प्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखा जिम्मेवार रहने व्यहोरा अवगत गराउँदछौं ।

शुद्धिकरण अभियानमा प्रेस चौतारी नेपाल काभ्रे शाखाको सहयोग र समन्वय रहने नै छ तर नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना स्वयं प्रारम्भ संस्थाका डाईरेक्टर हुन् । उनी स्वयं एनजिओका कर्मचारी हुन् । आफै एनजिओका कर्मचारी रहँदा रहँदै आफ्नै सदस्यता नविकरण गर्दिन भन्ने निर्णय गर्न नसक्ने अध्यक्ष तिमल्सिना, महासंघका सचिव कपिल कोइराला पाँचखाल नगरपालिकाका प्रेस सल्लाहकार (जसका नाममा ५ लाखको बेरुजु) र अन्य पालिकाहरूमा समेत मासिक तलब लिइरहने पदाधिकारी तथा सदस्यहरूको समेत पूर्वाग्रही रुपमा नविकरण गर्ने निर्णय जानकारीमा आएको छ । त्यस्ता धेरै सदस्यहरूका बारेमा निश्पक्ष निर्णय हुन सकेन भने प्रेस चौतारी नेपाल जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने जानकारी गराउन चाहन्छौं ।

नोट: नेपाल पत्रकार महासंघ काभ्रे शाखा (हाल कार्यरत) को २०८० बैशाख २ गतेको बैठकबाट सक्रिय

सदस्य छानविनका लागि बनाएको समितिले दिएको प्रतिवेदन यसै साथ संलग्न छ ।

बोधार्थ

– नेपाल पत्रकार महासंघ, केन्द्रिय समिति – नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, काभ्रेपलाञ्चोक

भुवन रायमाझी

अध्यक्ष

एक पटक पढ्नुहोस