After header

पनौती नगरमा एमालेको दम्भ

उहाँहरुको स्वार्थ अनुकुल नहुँदा पटक पटक बैठक अवरुद्ध हुने काम भयो ः नगर प्रमुख

पनौती/ जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा पनि एमाले पनौतीले दम्भ देखाउँदै नगर सभा बहिष्कार गरेको छ । नगर विकासका नीति, योजना, कार्यक्रम, बजेट प्रस्तुत गर्ने र पारित गर्ने नगर सभा एमालेले बहिष्कार गरेको हो ।

आइतबार बोलाइएको नगर सभा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधीले बहिष्कार गरेका थिए । नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा उपप्रमुख गिता बञ्जाराले मर्यादा नै नाघेर आफ्ना केही कुरा रहेको भन्दै माइक खोसेकी थिइन् । त्यसपछि एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधी उठेर विरोध गर्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

पटक पटक बस्न अनुरोध गर्दा पनि वस्न नमानेपछि प्रमुख भण्डारीले बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका हुन् ।संविधानले प्रतिपक्षको कल्पना नै नगरेको स्थानीय तहमा सपथ ग्रहणको दिनदेखि नै यस्ता खाले विवाद हु“दै आएको छ । ‘बहुमत’ भएको पार्टीलाई औपचारिक छलफल र सल्लाह नगरी कार्यक्रम गरिएको भन्दै एमालेले यसअघि बनेपा र पनौतीमा सपथग्रहण नै बहिष्कार गरेका थिए ।

पनँैतीमा औपचारिक रुमपा सल्लाह र छलफल नगरी कार्यक्रम गरेको, उपप्रमुख गिता बञ्जारा लगायत एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई ढिला मात्रै खबर गरिएको, बहालवाला जनप्रतिनिधीलाई वेवास्ता गरिएको लगायतका बिषयमा असहमति राख्दै एमाले पनौतीले सपथ ग्रहण कार्यक्रममा सहभागी नहुने जनाएर पहिलो कार्यक्रममा नै सहभागी भएका थिएनन् तर लगत्तै उनीहरु नगरपालिकाको हलमा सहभागी भएर नगर प्रमुख रामशरण भण्डारीबाट सपथ लिएका थिए ।

नगर प्रमुख रामशरण भण्डारीले एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीले कार्यपालिकामा काम र प्रस्तावको राम्रो भन्दै प्रशंसा गर्ने तर नगर सभामा प्रस्ताव अघि बढाउन नदिने रवैयाका कारण समस्याका भएपछि नगरवासीको नाममा अपिल जारी गरेका छन् । ‘किन सभा चल्न दिनुभएन भन्ने त्यो उहाँहरुले जान्ने कुरा भयो, कर्मचारीको संगठन संरचना, वृति विकासको बारेमा उहाँहरुले कार्यपालिका बैठकमा नै विमती राख्नुभएको थियो,’ उनले भने, ‘सोही कारण बैठक चल्न नदिएको हो भने ती असहमतिका बारेमा हामीले छलफल गरेर निकास निकाल्छौं ।’

जनताको मतलाई सम्मान गर्दै अबरुद्ध गरिएको १३ औँ नगर सभालाई यथासम्भव चाडो सुचारु गरि लोकतन्त्र र विधिको शासनमा संकल्प गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरवासीहरु र सभाका सदस्यहरुलाई आव्हान गरेका छन् ।
अपिलमार्फत नगर प्रमुख भण्डारीले पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृद्ध नगरका रूपमा विकास गर्न चाहेका भन्दै लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु जडिबुटि, धार्मिक स्थल र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहेको बताए ।

युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको भन्दै उनले एक वर्षको अवधिमा कहिले पनि कसैसंग सम्झौता नगरेको, नगरवासीको शीरलाई कहिले पनि झुक्न नदिएको र नदिने बताए । चुनौतीहरुको सामना र अवसरहरुको सदुयोग गर्दै पनौती नगरलाई समृद्ध नगरका रूपमा रुपान्तरण गर्ने अठोट व्यक्त गदै उनले नगरका राजनीतिक दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीको साथ र सहयोगको याचना समेत गरेका छन् ।

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई टोलगत रुपमा कार्यान्वयन गदै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरूको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको भन्दै यसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्ने औल्याए ।

सुशासन सहितको सक्षम सबल र प्रभावकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रूप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरवन्दी सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको भन्दै उनले प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ व २०७९÷८० को लेखा परीक्षण प्रतिवेदनमा विगत २०७४ साल देखि नै विविध विषयमा बेरुजु भनी औल्याउनुको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको उल्लेख छ ।

पनौती नगरलाई २१ औं शताब्दी अनुकूल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औ नगर सभामा संगठन संरचना सर्वेक्षण नगर प्रमुखको हैसियतले प्रस्ताव गरेकोमा नेपालको संविधान, प्रचलित ऐन कानुन र समय सापेक्ष हुँदाहुँदै पनि सुशासन जस्तो विषयमा नजर अन्दाज गर्नु पक्कै पनि नगरबासी माथिको अपमान हो भन्ने तर्क गरेका छन् ।

प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उनले आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अवरुद्ध गरिएको बताएका छन् । नगरवासीको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एवम् विकास निर्माणलाई उत्पादनसँग जोड्ने अभियानलाई निरन्तर रुपमा छायामा पार्न खोजिएको भन्दै उनले चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु जनप्रतिनिधीको दायित्व भएको औल्याए ।

कसैको निहित स्वार्थ पूर्ति गर्ने माध्यम जनप्रतिनिधी बनिरहनु पर्ने जरुरी नदेखेको भन्दै उनले सबैको साथ र सहयोगले मात्र भ्रष्टचारमुक्त, शुसाशित र समृद्ध पनौती नगर बनाउने अभियानलाई सफल पार्न सक्ने औल्याएका छन् ।उपप्रमुख गिता वञ्जाराले आफूले कहिले पनि बहुमतको दम्भ नदेखाएको बताइन् । नगर प्रमुखले बैठक बोलाएकोपछि आफू उपस्थित हुने उनले बताइन् ।

एक पटक पढ्नुहोस