काभ्रे । आज बिहान काभ्रे जिल्लाको बनेपा नपा-१३ स्थित अरनिको राजमार्ग अन्तर्गत भैसीपार्टी मा मोटरसाइकल अनियन्त्रित हुँदा विपरीत दिशाबाट सवार ट्रकमुनि मोटरसाइकल छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार १० बजे बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोसा आफै अनियन्त्रित भई विपरित दिशा बाट आउदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा धुलिखेल वडा नम्बर १ बस्ने वर्ष-२१ को अभिषेक न्यौपाने गम्भिर घाईत भई उपचारको लागि धुलिखेल अस्पताल पठाईएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । उक्त ट्रक र चालक मोसा ईप्रका बनेपाको नियन्त्रणमा रहेको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना पश्चात केही समय अवरुद्व राजमार्ग सुचारु रहेको बताइएको छ ।
