काभ्रे/ काभ्रे पनौती नगरपालिका वडा नं. १० मा निर्माणधीन पनौती नगरस्तरी अस्तपालको निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन मंगलबार पनौती नगरपलिकालाई हस्तान्तरण गरेको छ ।
साविक जिल्ला आयोजना कार्यान्वयन ईकाइ भवन काभ्रे र हाल सघन शहरी तथा भवन निर्माण आयोजना काठामाडौंको सहयोगमा नव निर्मित m भवन नगरपालिकाका मेयर रामशरण भण्डारीलाई हस्तारन्तर गरिएको छ ।
सघन शहरी तथा भवन निर्माण काठमाडौका ई. निकाश रेग्मी, स.ई. यज्ञ प्रसाद आचार्य र नेपाल भारत मैत्री भवनका ई सोनु कुमार महत्तो, ई. विरेन्द्र इूसार र ई.यसोदा दाहाल लगायतले सयूक्त रुपमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई निर्माण सम्पन्न उक्त भवनको साँचो हस्तान्तरण गरेका छन् ।
करीब १६ रोपनीमा जग्गामा नगरस्तरी अस्पताल रहेको नगर प्रमुख भण्डारीले जानकारी दिए । करीब ७ करोड लगानीमा निर्मित उक्त अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको र अब केही दिनमा नै उक्त भवनबाट स्वास्थ्य सेवा सुरु गर्ने उनले जानकारी दिए ।
निर्माण सम्पन्न भवनबाट ५ वेटको सुविधा सम्पन्न अस्पताल भएपनि यसलाई १५ वेट सम्म पु¥याउन सकिने मेयर भण्डारीले जानकारी दिए । निर्माण काम सकेर आज हामीलाई भवन हस्तान्तरण भएको छ ।
अब हामी यस अस्पताल सञ्चालन गर्न चाहिने सबै सामान खरिद गरि चाडै नै यस भवनबाट स्वास्थ्य सेवा सुचारु गर्न तिर लाग्ने छौ, नगर प्रमुख भण्डारी जानकारी दिए । नगरपालिकाले अब चाँडै नै आवस्यक व्यबस्थापन गरेर १५ बेडको नगर अस्पताल संचालन गर्ने तयारी लाग्ने उनको भनाई थियो ।
उक्त अस्पताल सञ्चालनमा आए सगै पनौती नगरापािलका भित्र रहेका र बेथानचोक गाउँपालिका समेत उक्त अस्पतालले सेवा प्रदान गर्न सकिने रहेको छ ।