After header

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रबाहक बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी- २ को चालिसेमा दुर्घटना भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।  

बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन्। बस बिहान साढे सवा ११ बजेतिर त्रिशूलीमा खसेको हो। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजि गरिरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।घटनाको थप विवरण आउन बाँकी छ।

एक पटक पढ्नुहोस