After header

यी नायिकाको यस्तो अवतारले तात्ला बलिउड ?

मुम्बई – उर्वशी रौतेला बलिउडमा परिचित नाम भएपनि चलचित्र अभिनयबाट उनलाई अहिलेसम्म राम्रो सफलता हात परेको छैन । ‘ग्रेट ग्राण्ड मस्ती’ पछि उनको मुख्य भुमिका रहेको कुनै पनि चलचित्र आएको पनि छैन । तर यसबर्षको मार्चमा उनी जोडदार हत अवतार सहित देखिने तरखरमा छिन् ।

मार्चमा उनको चलचित्र ‘हेट स्टोरी ४’ रिलिज हुँदैछ । चलचिमा उनको साथ करन वाही र पंजाबी चलचित्रकी अभिनेत्री इहाना ढिल्लन पनि देखिदै छिन् । ढिल्लनले बलिउड डेब्यु गर्न लागेकी हुन् । सोशल मिडियामा अहिले दुबै अभिनेत्रीको हट तस्बिर बाहिरिएको छ । तस्बिरको चर्चा दिन प्रतिदिन चुलिदो छ ।

उवर्शीले बलिउडका धेरै चलचित्र अभिनय गरेकी छैनन् । तर पनि बलिउडमा उनको चर्चा धेरै छ । उनले चलचित्र ‘काबिल’मा उत्कृष्ट आइटम दिएकी थिइन् । चलचित्र रिलिज भएको धेरै समयसम्म पनि आइटमको चर्चा अझै छ ।

‘हेट स्टोरी ४’की अर्की अभिनेत्री इहाना ढिल्लन पनि सौदर्यको मावलामा निकै अगाडि छन् । चलचित्रमा आफ्नो अभिनय भन्दा सौदर्य बढी महत्व दिइएको उनले बताएकी छन् ।

एक पटक पढ्नुहोस