After header

युवा पलायनमा युवाकै चिन्ता

शुकदेव थपलिया काभ्रे

नेपालबाट दिनहुँ हजारौँ युवा जनशक्ति पलाएन भैरहेको बिषय सर्वत्र छाउँदै गर्दा युवाकै समुहले पलायनको चिन्ता व्यक्त गरेका छन् । बागमति प्रदेश बाट गत पुष महिनामा मात्रै दशौँ हजार युवाले देश छोडेर विदेश पलायन भएको भन्दै जिल्ल युवा समितिका अध्यक्ष प्रकाश थापाले चिन्ता व्यक्त गरेका छन् । “सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन, बागमतीमा युवा सशक्तिकरण”को मूल नारा राखेर बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको प्रदेश युवा परिषद् बागमती जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले सुशासन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिरहेको बेला शुसासनलाई दर्बिलो बनाउन र त्यसको जरालाई मजबुत बनाउन युवा शक्तिको भूमिका महत्वपूर्ण रहने निष्कर्ष निकालिएको छ । सो कार्यक्रममा युवा पलायन र भावी दिनको सामाजिक असरमा समेत निष्कर्ष सहितको समिक्षा समेत गरिएको छ ।

शनिबार जिल्लाभरिका १३ स्थानीय तहका विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुको सहभागी गराएर सुशासन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको जिल्ला युवा समितिका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । उनले स्वागत मन्तब्य राख्दै युवा शक्तिले पलायनको बाटो रोज्नु र नरोकिने परिस्थिती आउनुमा भावी दिनमा देशको आर्थिक, सामाजिक लगायत विविध अवस्थामा देश कमजोर हुने संकेत देखिएको टिप्पणी गरेका छन् । युवालाई देशमा केही छैन गर्ने वातावरण छैन र हुँदैन भन्ने भाष्य सिर्जना हुनु निकै ठूलो चिन्ताको बिषय हो यसले भावी दिनमा देशभित्रको संवेगात्मक प्रगतिलाई ठूलो असर पुग्नेछ उनले कार्यक्रममा भने । कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले युवा शक्ति कमजोर हुनुमा अध्ययनको कमी, इच्छाशक्तिको कमी, सिप र दक्षताको अभाव, राजनीतिक आवरणमा युवा शक्ति विभाजित हुनु जस्ता बिषय प्रमुख रहेको बताएका छन् ।

उनले अहिलेको परिस्थितिमा सामाजिक सञ्जालको गलत प्रयोग र नकरात्मक टिप्पणी मात्रैले समस्याहरूको समाधान हुन नसक्ने बताएका छन् । भण्डारीले मिडिया क्षेत्रको भूमिका प्रति समेत लक्षित गर्दै वर्तमान समय मिडियाले गहिराईमा नपुगी सतहीको समाचारले भ्रमित पारेको बताउँदै खोजी र त्यसभित्रको वास्तविकता पत्ता लगाई समाचार बाहिर ल्याउनु पर्ने आबस्यकता रहेको बताएका छन् । उनले शुसासनको हरेक विषयमा युवा शक्तिको पनि उत्तिकै भूमिका रहने औंल्याए । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्रीले युवा शक्तिलाई पर्याप्त अवसर दिनु पर्ने नीति सरकारले ल्याउनु पर्ने, नेपालमै केही गरौँ भन्ने युवाको सुरक्षित भविष्यको ग्यारेन्टी गर्न सक्नु पर्ने तर्फ सचेत रहनु पर्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेलले उपस्थिति भएका युवाहरु लाई सुशासन बारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै पौडेलले शुसासन विषयक सचेतना कार्यक्रमले क्षणिक भन्दा पनि दीर्घकालिन रूपमा प्रभाव हुने शुसासन केवल सेवा प्रदायक सरकारी संयन्त्रले चाहेर मात्रै सम्भव नहुने र यो दुरुस्त बनाउन सबै लाभग्राहीको उत्तिकै भूमिका रहने कार्यक्रममा प्रस्तुति दिएका थिए । संघीयता र शुसासन को सवालमा समेत पौडेलले वर्तमान अवस्थामा विभिन्न जटिलता आएको र समाधानको बाटो प्रसस्तै भए पनि उचित रुपमा प्रयास नभएको बताए । शुसासन कुनै एक व्यक्तिले मात्रै चाहेर गर्न नसकिने त्यसको लागि देशको नीति निर्माण र कार्यान्वयनलाई समेत धयान दिनुपर्ने र व्यवहारिक रुपबाट पनि त्यस्ता बिषयमा प्रष्ट भए मात्रै आदर्श समाज र शुसासनको अनुभूती हुन सक्ने प्रशिक्षक निरोज नेपालले कार्यक्रममा बताएका छन् ।

एक पटक पढ्नुहोस