बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रमुख दिपक गिरीले विशेष सुचनाका आधारमा भन्सार छली ल्याएको लाखौ मूल्य बराबरको सामान सहित गाडिलाई नियन्त्रणमा लिएका छन् । बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएस्पी) दिपक गिरीका अनुसार मंगलबार जीप र बुधबार सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । डिएस्पी गिरीका अनुसार “महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थ लगायतका किराना सामान ग्रामिण सडक हुदै जिल्ला भित्रिदैं छ भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको बताए ।
मंगलबार राती जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ७ खोचलेक स्थित दार्चुला रोड हुदै बैतडी सतबाँज तर्फ आउदै गरेको से. १ ज ७१८ नम्बरको बलेरो जिपलाई प्रहरी चेकजाँच गर्दा उक्त चेकजाँचको क्रममा बलेरो जीपभित्र भन्सार छलेर भारतबाट भित्राईएका बिडी र चप्पल लगायतका सामानहरु फेला परेको डीएसपी गिरीले जानकारी दिए ।

भन्सार छलिको सामान सहित जीपका चालक बझाङ बुंगल नगरपलिका वडा नं. ११ पातल बस्ने बर्ष ३४ को बिर बहादुर बोहरा सह चालक बर्ष २४ को पुष्कर बहादुर बोहरालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । उक्त जीपमा करिब दश लाख सन्तावन्न हजार चार सय रुपैंया बराबरको भन्सार छलेर ल्याइएकोे सामाग्री रहेको उनले बताए । नियन्त्रणमा लिएको जीप, चाल, सहचालक सहित थप अनुसन्धान तथा कारवाहीको लागी महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाईएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि प्रहरीले बुधबार ट्रक सहित भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । बुधबार बिहान मेलौली नगरापालिका वडा नं ३ स्थित सडकमा मेलौलीबाट पाटन तर्फ आउदै गरेको से १ ख २०१४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो । भारतबाट भित्राईएका प्याज, चिनी, गुड, बिडी, पेय पदार्थ जुसहरु, चप्पल, मिठाई, खानेतेल लगायतका सामानसहित ट्रक चालक गणेश बहादुर मडैलाई नियन्त्रणमा लिएको छ । ट्रकमा लोड भएका सामानहरु मुल्य करिब उन्नाईस लाख आठ हजार चार सय चालिस बराबर रहेको डीएस्पी गिरीले जानकारी दिए ।
सामान, ट्रक र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाईएको उनले जानकारी दिए । जिल्लामा तस्करी र अन्य गतिविधि बढेको भन्ने सुचना आएपछि अहिले आफूले विशेष निगरानी गरेको छु । यस जिल्लाको नाकाबाट हुने भन्सार छली लगायतमा प्रहरीले अब कुनै कसुर नराखी काम कार्वाही अगाडि बढाई सकेको उनले जानकारी दिए ।
यो ३० लाख बराबरको सामान हामीले दुई दिनमा पक्राउ गर्न सफल भएका हौं,। काही कतै प्रहरीको आँखा छलेर तस्करी लगायतका कुनै काम भईरहेको छ भन्ने हामीलाई खबर गर्न होस् उनले भने । हामी जुनैसुकै बेला पनि जनताको सुरक्षा र जिल्लामा हुने हरेक घटनामा बैतडी प्रहरी सधैव साथ र सहयोग रहने उनले प्रतिवद्धता गरे ।
