After header

बेलर स्कुलको विभिन्न कार्यक्रम सहित अभिभावक दिवस सम्पन्न

काभ्रे । काभ्रेको बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले विभिन्न कार्यक्रम सहित आफ्नो अभिभावक दिवस सम्पन्न भएको छ । प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा छ देखि कक्षा बाह्र गरी अलग अलग दिन अभिभावक दिवस आयोजना गरि मनाईएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।

पहिलो दिन बुधवार नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष रहेका व्यवसायी होमप्रसाद घिमिरेले उद्धघाटन गरेको कार्यक्रमको दोस्रो दिन (शनिवार) बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथि थिए र भने अन्तिम दिन आज आइतबार मन्त्री लक्ष्मण लम्साल अतिथि रहेका थिए ।

कार्यक्रममा प्लाईउड उत्पादक संघका अध्यक्ष घिमिरेले दक्ष विद्यार्थी उत्पादन गरिररहेको बेलर इन्टरनेशनल एकेडेमी बनेपाको गहना भएको तर्क गरे । उनले बनेपाका उत्कृष्ट विद्यालय मध्ये बेलर एक भएको भन्दै विद्यालयले उत्कृष्ट नागरिक तयार गरिरहेको विश्वास व्यक्त गरे । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाहरुको क्षमता विकासका लागि बेलरले प्रदान गरिरहेको शिक्षालाई समयसापेक्ष विस्तार तथा विकास गर्दै जानु पर्ने बताए ।

बालबालिकाहरुमा भएका कमिकमजोरीलाई समेत सम्बोधन गर्दै क्षमतावान बनाउने चुनौती सामना गर्दै बेलरले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको नगर प्रमुख शाक्यले प्रशंशा गरेका थिए ।समापन कार्यक्रममा मन्त्री लम्सालले स्कुलले बालबालिकालाई गुणस्तरीय शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्दै भविष्यमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गरे ।

यस विद्यालयले स्थापनाकालदेखि नै राम्रो गर्दै आएको छ,’ मन्त्री लम्सालले भने, ‘भविष्यमा अझै प्रगति भएको र यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनेको देख्न पाइयोस्, शुभकामना छ ।’ आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै महिनामा एक पटक स्कुलमा आएर नानीहरुको अवस्थाबारे बुझ्न समेत उनले अनुराधे गरे ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले शैक्षिक र अतिरिक्त गतिविधीमा पनि विद्यालय उत्कृष्ट भएको भन्दै यहाँका उत्पादनले सबै क्षेत्रमा शसक्त रुपमा उभिन सफल भएको बताए । जिल्लाको बनेपामा रहेको बेलर एकेडेमीले आसपासका जिल्ला तथा पालिकाहरुका बालबालिकाहरुलाई गुणस्तरीय र ब्यवहारीक शिक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

कार्यक्रममा विद्यालयमा लामो समय देखि कार्यरत शिक्षहरुलाई सम्मान समेत गरिएको थियो ।तिन दिन सम्म चल्लेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नाटक, गित, नृत्य लगायतका साँस्कृतिक गतिविधी मार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।

एक पटक पढ्नुहोस