काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकारमा सहभागिता, इलाम– २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न अगामी सोमबार २८ गते दिउँसो १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । त्यस्तै इलाम– २ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोटबारे पनि छलफल गर्ने रास्वपाको तयारी रहेको उनले जानकारी दिए ।
