After header

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

रौतहटं । रौतहटमा शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ गिरीले भनिन् ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनले बताइन् । घटनाबारे विस्तृत अनुसन्धान भ्रईरहेको उनले जानकारी दिईन् ।

एक पटक पढ्नुहोस