काठमाठौ । चैत १८ गते सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित हुने भएको छ । यहि चैत ८ गते देखि १८ गते सम्मका लागि सभामुख सहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम रहेको छ।
यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख सहितको टोली बिहीबार आइपियूमा गएर चैत १६ गते फर्किने कार्यक्रम छ ।
