After header

प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन ः प्रवक्ता शर्मा

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माथि लागेको आरोप कुनै पुष्टी हुने नभेटिएकाले छानविन समिति गठन भएको नेपाल सरकारका प्रवक्त एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको प्रवक्ता शर्माले बताईन् ।

‘गृहमन्त्रीमाथि संसद्मा उठको प्रश्नको विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर बोलिसक्नुभएको छ । स्वयम् गृहमान्त्रीले पनि संसदीय समितिमा बोलिरहनुभएको छ । अहिले छानबिन समिति बनाउनुपर्ने यथेष्ट प्रमाण नभेटिएकाले बनेको छैन’, प्रवक्ता शर्माले भनिन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राखी संसद अवरोध गर्दै आएको छ ।

एक पटक पढ्नुहोस