काभ्रे । मन्थलीबाट काठमाण्डौ आउदै गरेको भ्यान काभ्रेको पात्लेखेतमा दुर्घटना हुदा ६ जना घाईते भएकाछन् । शनिबार दिउसो बा.प्र. ०३–००१ ज ५२५ नंम्बरको ईलेक्ट्रोनिक भ्यान गाडि आफै अनियन्त्रित भई बिपि राजर्मागबाट २५ मिटर तल खस्दा चालक सहित ७ जना सवार मध्ये ६ जना घाईते भएको प्रहरीले जनाएको छ । भ्यान चालक रामेछाप रामेछाप नगरपालिका ५ बस्ने बर्ष ४८ को मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्यानमा सवार रामेछाप मन्थली ८ बस्ने २८ को श्रवण कु माझीको ढाड र देब्रेहातमा चोट अवस्था मध्यम रहेको, माझीको श्रीमती बर्ष ३५ की सर्मिला माझीको निधार र देब्रेहातमा चोट अवस्था मध्यम रहेको निजकै छोरी बर्ष ३ कि सोडिमा माझिको देब्रे गालामा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मन्थली १६ की मनिषा माझीको हातखुट्टामा चोट अवस्था सामान्य रहेको, उनको भाई बर्ष १४ को आशिष माझीको टाउकोमा सामान्य चोट अवस्था सामान्य रहेको, बनेपा ७ गोदामचोक बस्ने बर्ष १६ की सचिता गिरी देब्रे हातमा चोट अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचारभईरहेको प्रहरीले जनाएको छ ।
