After header

बाल यौन दुर्व्यवहार आरोपमा बहालवाला प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहार आरोपमा बहालवाला प्रहरी निरीक्षक बिदुर शिवाकोटी पक्राउ परेका छन् । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध उजुरी परेपछि उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

एक जना १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटीलाई स्वयम्भूमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान प्रहरी अघि बढाएको छ ।

एक पटक पढ्नुहोस