After header

काठमाडौको दक्षिणकालीमा दुई जना मृत फेला

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा दुई जना मृत्य अवस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको रहेको जनाईएको छ ।

प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धा सुरु गरेको प्रहरीले जनाएको छ ।

 

एक पटक पढ्नुहोस