पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठको २८ गते विश्वासको मत लिने भएका छन् ।पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।
पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।
