After header

अरनिको राजमार्ग सुख्खा पहिरो खस्दा अवरोध

काभ्रे । निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा– पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।

पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । सडकमा पहिरो खस्दा अन्य केहि क्षेती नभएको तर सवारी जाम परेको प्रहरीले जनाएको छ ।

 

एक पटक पढ्नुहोस