काठमाडौं । गण्डकीमा विश्वासको मतमा साथदिन लिङ्देनलाई देउवाले लेखे पत्रका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीमा विश्वासको मतमा साथ दिनका भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका हुन् ।
१६ जेठमा सर्वोच्च अदालतको आदेश अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बनेका छन् । पाण्डेलाई विश्वासको मतको आग्रह गर्दै देउवाले लिङदेनलाई पत्र लेखेका हुन् ।देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ, ‘विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।’
पाण्डेले २८ जेठमा विश्वासको मत लिन लिँदै छन् । प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ ।
प्रदेशको समितिसँग छलफल गरेर लिन अध्यक्षले निर्णय लिने गरि राप्रपाको कार्यसम्पादन समितिले अधिकार दिएको छ । राप्रपाका एक शीर्ष तहका नेताका अनुसार गण्डकीमा कांग्रेसलाई विश्वासको मत दिने पार्टीको तयारी छ । राप्रपाका २ जना प्रदेश सांसद छन् ।