After header

सुशासन सहितको सेवा प्रवाह गर्छु ः प्रजिअ सेढाई

काभ्रे । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले जिल्लामा आफू रहुन्जेल नागरिकलाई सुशासन सहितको सेवा दिने प्रतिवद्धता गरेका छन् । भर्खरै काभ्रे जिल्लामा सरुवा भई आएका प्रजिअ सेढाइले जनताले अब कष्टकर रुपमा सेवा प्राप्त गर्नु नपर्ने र सजहता वाताबरणमा आफ्नो कार्यालयबाट सेवा दिने प्रयत्न गर्न बताएका छन् ।

आज बुधबार धुलिखेलमा जिल्लामा क्रियाशिल पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा उनले जिल्लाको शान्तिसुरक्षालगायत समग्र समस्या र कार्यालयबाट भईरहेको सेवाको विषयमा काभ्रे जिल्लामा पत्रकारसँगको अन्तक्रियामा उनले यस्तो बताएका हुन् ।

जिल्लामा क्रियाशील सञ्चारकर्मीले हाल भईरहेको नागरिकता, पासपोर्ट (राहदानी) एवं राष्ट्रिय परिचय पत्र वितरणमा ढिलाइ तथा यस विषयमा नागरिकले भोग्नुपरेको समस्या तथा अन्य प्रशासनिक गतिविधिका विषयमा प्रजिअ सेढाईंलाई जानकारी गराएका थिए ।

यस्तै उद्योग तथा खानीका विषयमा नियमित अनुगमन नभएको तथा कतिपय क्रसर–खानी उद्योग जिल्लामा अवैध रुपमा सञ्चालित भइरहेकोप्रति जानकारी गराएपछि प्रजिअ सेढाईंले ‘म लोभलालचमा पर्ने व्यक्ति होइन, तत्काल अनुगमन गर्छु उनले भने ।

प्रजिअ सेढाईंले जिल्ला प्रशासनमा आउने सेवाग्राहीका समस्या १, २ नंवरमा नपर्ने गरी सबैलाई पहिलो नंवरका रुपमा प्राथमिकताकासाथ कार्य गरिन ेसमेत बताएका छन् । जिल्लामा भएका अनैतिक एवं अवैध गतिविधिबारे मलाई पनि जानकारी गराउनुस्, तत्काल एक्सनमा जान्छु’ सञ्चारकर्मीलाई लक्षित गर्दै उनले भने ।

जिल्लामा बजार एवं उद्योग अनुगमनका विषयमा तपाईंको कदम कस्तो रहन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रजिअ सेढाईंले भने ‘यस अघि के कस्तो रह्यो मलाई जानकारी छैन, म जिल्लामा रहँदा सूचना प्रदान कार्यलाई सहज बनाउनेछु र अनियमितता, अवैध रुपमा सञ्चालित जुनसुकै गतिविधि वा औद्योगिक संस्था र बजारलाई नियमसंगत ढङ्गले अनुगमन गरी कार्वाहीको दायरामा ल्याउनेछु उनले भने ।

विपद्को समयमा स्थानीय तहसँगको समन्वयमा विपदजन्य घटनाको न्यूनीकरणमा लाग्ने उनको भनाई थियो ।यसैगरि प्रजिअ सेढाईंले जिल्लाको शान्सिुरक्षा, अमनचयनमा कुनै अवरोध आउन नदिन अहोरात्र खट्नेसमेत प्रतिबद्धता जनाए ।

मैले अहिले यो वा त्यो गर्छुभन्दा पनि तपाईंहरुले दिएको सूचनाको आधारमा र सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भएका समाचारका आधारमा समेत अध्ययन, अनुगमन र सत्यतथ्यताका आधारमा कार्वाहीलाई अघि बढाउनेछु, तपाईंहरु ढुक्क हुनुहोस्, उनले भने ।

एक पटक पढ्नुहोस