काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. ९ बालश्रम मूक्त वडा घोषण कार्यक्रम तथा बालमैत्री स्थानिय शासन यूक्त वडा घोषणको तेस्रो वार्षिकत्सव समारोह सम्पन्न भएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नाराले पनौती नगरपालिका वडा नम्बर ९ मा सार्थकता पाएको छ ।
पनौती नगरपालिका वडा नं. ९ को आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले एक कार्यक्रमका बीच वडाध्यक्ष सहकुलकुमार हुमागाईलाई वडा नम्बर ९ बालश्रमुक्त भएको प्रमाणपत्र प्रदान गरे । बालश्रममुक्त हुनका लागि सबै मापदण्ड पूरा गरेपछि यस वडालाई बालश्रममुक्त घोषणा गरिएको नगर प्रमुख भण्डारीले बताए ।

पनौती नगरपालिकामा १२ वटा वडा नै बलश्रममुक्त वडा घोषण भईसकेको अब केही दिनमा नगरपालिका गर्ने तयारीमा रहेको उनले जानकारी दिए । नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ ।
आज मंगलबार पनौती वडा नं.९ को आयोजनामा वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडा नं. ९ लाई बालश्रममूक्त वडा नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले घोषण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताए । हरेक बालबालिकाहरुले परिवारसंग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभुत अधिकारको रक्षा गर्दै उनीहरुको उज्वल भविश्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व भएको समेत भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन् । उनले आज वडा नं. ९ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्न समेत आग्रह गरिन ।
सो कार्यक्रममा नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले आजको यो उपलब्धि बालमैत्री सहजकर्ता र जनप्रतिनिधि सबैजना दिनरात नभनी खटिएको कारण प्राप्त गर्न सकिएको बताए । उनले यस कार्यको लागि एक घर एक मिनेट जनप्रतिनिधि अभियाननै संचालन गरेको पनि बताएका छन् । आजबाट सबै वडा बालश्रममुक्त वडा घोषण सकिएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष सहकुलकुमार हुमागाईले यस कार्यमा सघाउनु वडाबासी लगायत वडामा विभिन्न तहमा रहेर सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका थिए । हुमागाईले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।
बालबालिकामाथी श्रम र हिंसा गर्ने मानिसले समाजको लागि केही गर्न नसक्ने धारणा पनि उनको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउने आग्रह गरेका थिए ।

कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तैगरि वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पु¥याएको भन्दै सम्मान गरेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले बालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
