After header

एसईई उत्तीर्ण विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अनिनन्दन

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा) का निर्देशक नन्दलाल पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने ईमेज स्कुल, यूनिटी स्कुल, सरस्वती शिक्षा सदन स्कुल, ईडेन गार्डेन स्कुल र आरक्षण नेसनल स्कुललाई बधाईका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।

एसईई २०८० को समग्र औसत नतिजा भन्दा बढी उत्तीर्ण गराउन सफल विद्यालय क्वालिटी स्कुल, साइनिगं स्कुल, डेमोस स्कुल, मदरल्याण्ड स्कुल, ग्लीटर फ्युचर स्कुल, विमल मेमोरियल स्कुल, पारीजात विद्याकुन्ज स्कुल, क्रियटिभ स्कुल, सेन्ट जोन स्कुल, सेकरिट हार्ट स्कुल, रुबी भ्याली स्कुल र हिमशिखर स्कुललाई बधाई व्यक्त गर्दै उत्कृष्ट नतिजाको लागि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यस्तै सदस्य विद्यालय यूनिटी स्कुलका आशिष् थापा क्षत्रीले २०८० को एसईईमा ४ जिपिए ल्याउन सफल भएकोमा संस्थाद्वारा बधाई एवं सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

यसै गरी नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमध्ये २०८०, कक्षा ८ को आधारभूत तह (बिएलई) मा उत्कृष्ट जिपिए ल्याउने मदरल्याण्ड स्कुल, ईडेन गार्डेन स्कुल, डेमोस स्कुल, विमल मेमोरियल स्कुल, सेन्ट जोन स्कुल र यूनिटी स्कुलका १२ जना विद्यार्थीहरु र स्कुललाई प्रशंसा पत्र एवं अभिन्नदन गरिएको थियो ।

कार्यक्रमका सभापति एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले २०७२ मा ग्रेडिगं सिस्टम सुरु भएपछि एसईईमा नपढे नि उत्तीर्ण भइन्छ भन्ने मानसिकता विद्यार्थी, शिक्षक र अभिभावकलाई पर्न गएको र कुनै पनि विद्यार्थीले कक्षा दोहोराउन नपर्ने भन्ने भ्रमले गर्दा समग्र देशभरकै २०८० को एसईई मा २०७८ मा निर्णय भएको अक्षराकं पद्धति अनुसार एनजि आउने सिस्टमले ५०% भन्दा कम उत्तीर्ण भएका हुन् ।

“अगाडि बढ्न हिड्नु नै पर्छ, नहिडि पुगिदैन” तसर्थ आगामि दिनमा विद्यार्थी, शिक्षक लगाएत सबै सरोकारवाला पक्षहरुले उत्कृष्ट नतिजाको लागि भूमिका खेल्नु पर्ने बताउँदै यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि निर्देशक नन्दलाल पौड्यालले विद्यार्थीहरुलाई आफूले सक्ने विषय कक्षा ११ मा पढ्न आग्रह गरे । नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीलाई हौसला दिने र स्कुल एवं शिक्षकहरुलाई प्रोत्साहन गर्ने गरी एसईई बधाई तथा अभिन्नदन कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

उनले उत्कृष्ट नतिजाको लागि शिक्षकहरुले पाठ्यक्रम र विद्यार्थीहरुको क्षमतालाई समेत ध्यानमा राखी आफ्नो सक्षमता देखाउनु पर्ने र मिहिनेत गर्नु पर्नेमा उनको भनाई थियो ।

कार्यक्रममा सूर्यविनायक नगरशिक्षा शाखा प्रमुख रत्न बहादूर कटवालले नेसनल प्याव्सन भक्तपुरले गरेको कार्यक्रमको प्रशंसा गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई नेपालमा नै बस्ने र पढ्ने सोच बनाई अगाडि बढ्न सुझाव दिए । यस्तै चाँगुनारायण नगर शिक्षा शाखा प्रमुख दिनेश अर्यालले विद्यार्थी एवं विद्यालयले आगामि दिनहरुमा अझ मिहिनेत गर्नमा यस्तो कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ लगायतले बधाई तथा शुभकामना प्रदान गरेका थिए । नेसनल प्याव्सन भक्तपुरका सचिव कुमार थापाले संचालन गरेको उक्त कार्यक्रम योयो बैँक्वेट सूर्यविनायकमा मिड भ्याली कलेज थिमीको समन्वयमा सम्पन्न भएको थियो ।

एक पटक पढ्नुहोस