After header

रतिशचन्द्र नेतृत्वमा विमान दुर्घटनाको जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

एक पटक पढ्नुहोस