After header

भ्यानको ठक्करबाट एक बालको मृत्यु

धनगढी । भ्यानको ठक्करबाट एक जना बालकाको मृत्यु भएको छ । कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले लम्कीचुहा नगरपालिका–५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्यु भएको बताए । उनकाअनुसार पश्चिमबाट पूर्वतर्फ पैदल हिंडिरहेका बेला भ्यानले ठक्कर दिंदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक पटक पढ्नुहोस