After header

रारा तालको एक होटलमा आगलागी

मुगु । रारा तालको एक होटलमा बुधबार राति आगलागी भएको छ । रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।बुधबार राति भएको आगलागीबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुगेको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो ।

घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

एक पटक पढ्नुहोस