After header

काभ्रेको धुलिखेल नगरपालिकाको २०८२÷८३ को बजेट १ अर्ब १८ करोड ४८ लाख ५० हजार सार्वजनिक

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाले आगामी आर्थिक बर्षको लागि कुल १ अर्ब १८ करोड ४८ लाख ५० हजार बजेट बनाएको छ । सत्रौ नगर सभाको अधिवेशनमा नगर प्रमुख अशोक कुमार ब्याञ्जुले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
यस अगाबै दिगो विकास लक्ष्य अन्तर्गत शिक्षा , स्वास्थ्य , रोजगारी , खानेपानी र गरिबी निवारणको क्षेत्रमा न्युनतम मापदण्ड पूरा गरिसकेको छ ।

सामाजिक सुरक्षा भत्ता र क्षेत्रगत नीतिअन्तर्गत विभिन्न कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये ६७.५५ प्रतिशत अर्थात् ८० करोड ४ लाख ११ हजार पुँजीगत खर्चतर्फ र ३१.१२प्रतिशत अर्थात् ३६ करोड ८६ लाख ६९ हजार चालू खर्चतर्फ विनियोजन गरिएको छ । यस्तै, १.३३ प्रतिशत अर्थात् १ करोड ५७ लाख ७० हजार वित्तीय व्यवस्थातर्फ छुट्याइएको छ ।

आन्तरिक स्रोत व्यवस्थापनका लागि १३ करोड २२ लाख ५० हजार रुपैयाँको योगदान रहने अनुमान गरिएको छ । नगर प्रमुख अशोक कुमार ब्याञ्युले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, र प्रशासन सुदृढीकरणजस्ता दीर्घकालीन परियोजनाहरूमा विशेष जोड दिने जनाएका छन् । यसैगरी, पर्यटन, रोजगारी सिर्जना, र वातावरणीय संरक्षणका लागि थप योजना सार्वजनिक गरिएका छन् ।

गत आ.व मै एसियाकै नमुना स्वस्थ शहर बनी सकेको पालिकालाई सिङो प्रदेशलाई नै स्वस्थ शहरको अबधारणामा लैजान नगरले सहजीकरण गर्ने समेत समावेश गरिएको छ । भने स्वस्थ शहरलाई दिगो बनाउनुका साथै स्वास्थ्य विमामा पौच वृद्धि ,शून्य कार्बन उत्सर्जन गर्ने शहर निर्माण , स्टालाईट सिटि तथा गरिबी मुक्त नगर बनाउने अभियानमा समेत बजेट ब्यवस्थापन गरिएको छ ।

साथै नागरिकको आर्थिक अवस्थाको सुस्म अध्यन्न गरि नागरिक आय वृद्धि गर्ने कार्यमा बजेट बनेको छ ।बजेट पारित गर्ने क्रममा नगर सभाले समग्र योजनाहरूमा सहमति जनाएको छ । भने बजेट पनि सभाले पारीत गरेको छ । सभा प्रारम्भ हुना साथ गत २०८१÷८२ को बजेटबाट सम्पादित कार्यको जनाकारी सभालाई नगर उपप्रमुख निराजन जगमले गरेका थिए नगर सभामा उप–प्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८१÷८२ को स्थिति समिक्षा प्रस्तुत गरेका थिए ।

उनले नगरपालिकाले गत असोजको बाढी पहिरोबाट १ अर्ब ३ करोडको क्षति भएको सभामा जानकारी गराएका थिए । यद्यपी संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ । नगरपालिकाले नसर्ने रोगको शिविर तथा स्क्रिनिङ शिविर मार्फत ७ हजार भन्दा बढी नागरकलाई सेवा प्रवाह गरेको उपप्रमुख जंगमले बताएका छन् ।

सभाले धुलिखेल नगरपालिकाको विनियोजन विधयेक, जग्गा विकास निर्देशिका, २०७८ संशोधन, घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरण सम्बन्धी कार्यविधि, २०७५ संशोधन, लेखा समिति गठन र सञ्चालन नियमावली, न्यायिक समितिको वार्षिक प्रतिवेदन लगायतका २७ वटा विशेष प्रस्ताव पारित भएको छ ।

एक पटक पढ्नुहोस