After header

काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ ः ३ जना चालक नियन्त्रणमा

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका तिनजनालाई पक्राउ गरेको छ । काभ्रेको साँगामा आज शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी काभ्रेले जनाएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा तथा आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्युनिकरण एवं रोकथामको लागि सञ्चालित साँगामा गरीएको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाक प्रहरी कार्यालय बनेपा पठाईएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सुनिल धाजुले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेको प्राविधि टोलिले चेकजाँच गर्दा लागु औषध सेवन गरी सवारी चलाएको स्वास्थ्थ जाँचपछि उनीहरुलाई नियत्रन्ण लिएको धाजुले जानकानरी दिए ।

टिपर, मालवाहक गाडि र सार्वजनिक यातायातमा लक्ष्यित गरि २१ वटा सावरीसाधान चेकजाँच गरिएकोमा ३ जना सवारी चालकले लागु औषध सेवन गरी सवारी चलाएको भेटिएको उनले बताए । २१ वटा सवारी साधन चलाउने चालकहरुको स्वास्थ्य परिक्षण गर्दा तिनजना टिपर र सार्वजनिक सवारी चलाउने चालकले लापसे गरेको स्वास्थ्य परिक्षणबाट देखाएको उनले बताए । तिनैजनालाई इलाका प्रहरी कार्यालय बनेपामा कानुनी कार्वाहीका लागि बुझाईएको उनले बताए ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको उनको भनाई थियो । इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीका अनुसार तिनैजना सवारी चालकलाई लागु औषध सेवन अन्र्तगत आजै जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने बताए ।

प्रदेश १–०२–००१ ज ४४१७ न.को ईभी गाडीका चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.०६ का राज थापा, प्रदेश ३–००१ क ६२९१ न.को टिपर गाडीका चालक जिल्ला सिन्धुपाल्चोक चौताराससाँगाचोक गढी नगरपालिका वडा न.११का गोबिन्द गिरी र प्रदेश ३–००१ क ६२९१ न.को टिपर गाडीका सहचालक निज चालककै साथी जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपलिका वडा नं.०६ का बुद्द राम खड्गी रहेको त्वातीले जानकारी दिए ।

लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ ।

एक पटक पढ्नुहोस