काठमाडौं– लमजुङ प्रहरीले करीब १७ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख पदमबहादुर विष्टले बा५८प ४२९१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट अनुमानित १७ किलो सुन भेटिएको बताए ।
प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाको खुदी बजारबाट उनलाई नियन्त्रणमा लिइएको थियो । संकास्पद झोला बोकेर मनाङ तर्फबाट बेशिसहर जाँदै गर्दा प्रहरी चेकजाँचमा क्रममा उनले झोला देखाउन आनाकानी गर्दै भागेका थिए । प्रहरीले भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ पर्छ । सुन विस्कुत आकारका १७ थान रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
(रातो पाटि बाट साभार )
