बागलुङ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ ।
गएराति पहिरो आएकाले कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए ।
उनका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।
